• २०८१ बैशाख ४ मंगलबार

पेट्रोलियम पाईपलाईनको परिक्षण सफलता पूर्वक सम्पन्न

kharibot

बारा । मोतिहारी-अमलेखगंज पेट्रोलियम पाईपलाईनको शुक्रवार सफलता पूर्वक परिक्षण सम्पन्न भएको छ ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगंज सम्म कुल २६८.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारी देखी अमलेखगंज सम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईपको परिक्षण गरिएको हो ।

पाईप परिक्षणका लागि भारतको पटनाबाट बुधबार दिउँसो २ बजे पानी, पिग (पानी र डिजल छुट्याउँन) र डिजल पठाईएको थियो । बिहीवार ६ बजे साँझ हावा,  राती २:३० बजे पानी हुँदै शुक्रवार बिहान ६ बजे पछि डिजेल आउन शुरु भएको बिज्ञ ई.शरद पौडेलले बताए । 
परिक्षणका लागि पहिलो चरणमा पानी र त्यस लगत्तै डिजल ल्याईएको र प्रति घण्टा तीन लाख लिटर डिजेल भित्र्याउँन सकिने भए पनि परिक्षणका लागि शुक्रवार दश लाख लिटर डिजल ल्याईएको छ । 

सन् २००४ मा सम्झौता भएर २०१८ डिसेम्बरबाट निर्माण थालिएको यो परियोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएता पनि लक्ष्य भन्दा आठ महिना अघि नैं सम्पन्न भएको छ ।  निर्धारित अवधी भन्दा झण्डै आठ महिना अगाडी सम्पन्न भएको डिपो प्रमुख ईन्जिनियर प्रदिप यादवले बताए । 

पाईपलाईन निर्माणका लागि हालसम्म कुल तिन अर्व २४ करोड भारतिय रुपयाँ खर्च भएको छ । जस मध्ये नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत लगानी हुँने भनिए पनि हाल सम्मको सबै खर्च भारतीय पक्षले नैं व्यहोरेको ईन्जिनियर यादवले बताए । 

हाल ३१ लाख लिटर डिजलको भन्सार तिरी पाईप मार्फत तेल ल्याईएको र उक्त तेल मध्ये १० लाख लिटर तेल ट्याङ्कीमा भण्डारण गरी वाँकी तेल पाईप मै राख्ने योजना रहेको निगमले जनाएको छ । 

दुबै देशका प्रधानमन्त्रीले अगष्ट १५ भित्रको समयमा संयुक्त रुपमा उद्घाटन गरे पछि पाईप मार्फत तेल ल्याउँने कार्य निरन्तर हुँने समेत निगमले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै