• २०८१ बैशाख ७ शुक्रबार

ग्रीजम्यान बारे एथलेटिकोको उजुरी, बार्सिलोनाले नियम मिचेको आरोप  

kharibot

काठमाडौँ । एथलेटिको म्याड्रिडले एन्टोनी ग्रीजम्यानको ट्रान्सफरका बारेमा बार्सिलोनाविरुद्ध ला लिगामा उजुरी गरेको छ ।

एथलेटिकोले ग्रीजम्यानको ट्रान्सफर फिस २ सय २४ मिलियन डलर भएकोमा बार्सिलोनाले १३५ मिलियन डलर मात्र तिरेको भन्दै थप ९० मिलियन अमेरिकी डलर पाउनुपर्ने भन्दै ला लिगामा उजुरी गरेको हो ।

बार्सिलोनाले नियम अनुसारनै ग्रीजम्यानलाई किन्बेको दाबि गरिरहेको भएपनि एथलेटिकोले ग्रीजम्यानको ट्रान्सफरमा बार्सिलोनाले नियमविपरित गरेको भन्दै उजुरी दिएको हो ।

अब यस प्रकरणको अन्तिम सुनुवाई ला लिगाका व्यवस्थापक र स्पेनिस फुटबल फेडेरेसनले गर्ने मिडिया रिपोर्टमा जनाइएको छ । एथलेटिको म्याड्रिडले यस प्रकरणलाई फिफासम्म लैजाने चेतावनी दिएको छ । तर फिफाले भने स्पेनिस एसोसियसन र दुई क्लबको विषय भएको भन्दै हस्तक्षेप गर्न अश्विकार गरेको बताइएको छ ।

अब यो विषय ला लिगाको ६ सदस्यीय कमिटिले हेर्ने बताइएको छ ।     

बार्सिलोनाले लामो प्रयासपछि फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानलाई अघिल्लो साता भित्र्याएको थियो । बार्सिलोनाले ग्रीजम्यानलाई १३५ मिलियन डलरमा साइन गरेको थियो ।

एथलेटिकोले यसअघि नै क्लब छोड्ने घोषणा गरेका ग्रीजम्यानको विषयमा सिजनको बीचमा नै बार्सिलोनाले उनीसँग ट्रान्सफरको कुरा गरेर नियम तोडेको आरोप लगाउदै आएको थियो ।

सन् २०१४-१५ सिजनमा रियल सोसियडाडबाट एथलेटिको आएका ग्रीजम्यानले ५ सिजनमा कुल २५७ खेल खेल्दै १३३ गोल गरेका छन् । उनले एथलेटिकोका लागि एक युरोपा लिग, एक युइएफए सुपर कोपा र एक स्पेनिस सुपर कोपा जिताएका छन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै