विस्फोटनमा परी मृत्यु हुने ‘विप्लप’ कार्यकर्ता

खरीबोट

धनगढी । नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ । 

विप्लप समूहको सेती महाकाली ब्यूरोले आज जारी गरेको विज्ञप्तिमा उक्त विस्फोटनको घटनामा मृत्यु हुने रामबहादुर सिंह पार्टीका कार्यकर्ता रहेका र कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको उल्लेख गरिएको छ ।

उक्त घटनामा घाइते सिंहको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।मृतकको ठेगाना बझाङ जिल्ला जयपृथ्वीनगरपालिका–१ रहेको बताइएको छ । 

चटकपुर चोक नजिकै रहेको निलम होटेलमा बिहीबार साँझ भएको उक्त घटनामा पाँच जना घाइते भएका थिए । 

घटनामा घाइते हुने होटेल सञ्चालक केशव पाण्डेयलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । यसैगरी अन्य घाइते कञ्चनपुर बेलडाँडीका लक्ष्मण सेरला, धनगढीका कुखुरापालन व्यवसायी जीतेन्द्र यादव र भारत घर भई धनगढीको एक ट्र्याक्टर ग्यारेजमा काम गर्ने मोबिन खाँको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले चिया खान होटेलमा बसेलगत्तै मृतक सिंह र उपचारार्थ रहेका सेरलामध्ये एक जनाले झोलामा राखेको बम विस्फोटन भएको बताए । 

सेरला पनि विप्लपकै कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

विस्फोटनमा परी मृत्यु हुने ‘विप्लप’ कार्यकर्ता

धनगढी । नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ ।  विप्लप समूहको सेती महाकाली ब्यूरोले आज जारी गरेको

कैलालीका निजी विद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी 

धनगढी । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीका दर्जनौं संस्थागत निजी विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ । विभिन्न माग राख्दै क्रान्तिकारिले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

धनगढीमा प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

कैलाली ।  धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर शनिबार सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका


z