• २०८१ बैशाख ११ मंगलबार

निलम्बनपछि जिम्बाबेका क्रिकेटरको निराशा : क्यारियर बर्बाद भयो !

kharibot

काठमाडौँ । आइसीसीले जिम्बाबेलाई निलम्बन गरेसंगै अब जिम्बाबेका क्रिकेटरको क्यारियर धरापमा परेको छ ।

क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै तुरुन्तैदेखि लागु हुने गरि आइसीसीले जिम्बाबेलाई निलम्बन गरेपछि केहि क्रिकेटरले सन्यासको घोषणा गरेका छन् भने केहि अब हामीले क्रिकेट किट जलाउने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

जिम्बाबेका क्रिकेटर सिकन्दर राजा ले सामाजिक संजालमा निराशा व्यक्त गर्दै भने, 'कसरी एक निर्णयले एक टिमलाई अपरिचित बनायो, यो निर्णयले कैयौ खेलाडीलाई बेरोजगार बनायो, कसरी एक निर्णयले कैयौ परिवारलाई प्रभावित बनायो । कसरी एक निर्णयले कैयौ खेलाडीको क्यारियर बर्बाद भयो । मैले यस किसिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा हुने सोचेको थिएन ।'

पेशाले इन्जिनियर रहेका राजाले अब क्रिकेट छोडेर नयाँ के गर्ने भन्दै प्रश्न गरेका छन् । 

त्यस्तै जिम्बाबेका पुर्व कप्तान ब्रेण्डन टेलरले क्रिकेटसँग जोडिएका कैयौ खेलाडीको क्यारियर बर्बाद भएको भन्दै निराशा व्यक्त गरे । त्यस्तै जिम्बाबेका अलराउन्डर सोलोमन मिरले क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले आफुले सन्यास लिने बिचार गरिरहेका बेला यस्तो दुर्भाग्यपूर्ण निर्णय बह्येको भन्दै यस अवस्थामा आफुले निर्णय गरेर अगाडी बढ्न खोजेको बताए ।

आइसीसीको निर्णय पछि जिम्बाबेको यहि सेप्टेम्बर मा बंगलादेश र अफगानिस्तानसँग त्रिकोणीय  टी-२० सिरिज, अक्टोबरमा युएईमा टी-२० विश्वकपको ग्लोबल क्वालिफायर र सन् २०२० को जनवरीमा भारतको टुर गर्ने कार्यक्रम स्थगित भएको छ ।                                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै