सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

खरीबोट

लहान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरेका छन् । 

पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गरेका छन् ।

पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिए ।

उनले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरे । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए ।  
 

सम्बन्धित समाचार

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : सभापति देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज

लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताएका छन् । शनिबार भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई

बाढीमा डुबेका जनतालाई राहत दिन सरकार उदासिन भयो – सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पिडितको राहतमा सरकार उदासिन भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा भाग लिदै सभापति देउवाले तराइका

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलन : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।  प्रथम


z