• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

kharibot

काठमाडौँ । २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.१ प्रतिशत रहेको छ । । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा काठमाडौँ उपत्यकामामा मुल्य वृद्धि भएको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको रिपोर्टमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै