• २०८१ बैशाख १४ शुक्रबार

अल्जेरिया बन्यो अफ्रीकाको च्याम्पियन 

kharibot

काठमाडौँ । अफ्रीका नेसन्स कपको उपाधि अल्जेरियाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरियाले दोस्रो पटक अफ्रीका नेसन्स कपको उपाधि जितेको हो ।

अल्जेरियाले सेनेगललाई १-० गोल अन्तरले पराजित गरेको हो । अल्जेरियाको जितमा बगदाद बौनेडजाहले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।
अफ्रीका नेसन्स कपको इतिहासमा अल्जेरियाले सन् १९९० पछि दोस्रो पटक यो उपाधि जितेको हो ।

अफ्रीका नेसन्स कप धेरै पटक जित्ने देश भने इजिप्ट हो । इजिप्टले अहिलेसम ७ पटक यो उपाधि जितेको छ भने क्यामरुनले ५ पटक, घनाले ४ पटक, नाइजेरियाले ३ पटक तथा आइभेरिकोष्ट, अल्जेरिया र डिआर कंगोले २-२ पटक यो उपाधि जितेका छन् ।

हरेक २-२ बर्षमा हुने यो प्रतियोगिता जाम्बिया, ट्युनिसिया, सुडान, इथोपिया, मोरक्को, दक्षिण अफ्रीका र कंगोले एक एक पटक जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै