काठमाडौँ । प्रि-सिजनको अभ्यास खेलमा च्याम्पियन्स लिग जितेको लिभरपुल जर्मनी क्लब बोरुसिया ड्रोटमण्डसँग पराजित भएको छ ।
शनिबार बिहान अमेरिकाको इन्डियानामा सम्पन्न खेलमा ड्रोटमण्डले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ड्रोटमण्डको जितमा पाको अल्कासेर, ब्रुन लारसेन र थोमस डेलानेले एक एक गोल गरेका थिए ।
त्यस्तै लिभरपुलका लागि ह्यारी विल्सन र र्हिआना ब्रेवस्टरले एक एक गोल गरेका थिए ।
लिभरपुलको यस टुरमा रोबेर्टो फिर्मिनो, साडियो माने र मुम्ह्मद सलाहजस्ता खेलाडी भने अनुपस्थित रहेका छन् ।