• २०८१ बैशाख १३ बिहीबार

बलात्कारको आरोपमा एक पक्राउ

kharibot

ओखलढुङ्गा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

घमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । 

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै