• २०८१ बैशाख ४ मंगलबार

लस एन्जल्सविरुद्ध इब्राहिमोविचको ह्याट्रिक 

kharibot

काठमाडौँ । स्विडेनका फुटबल सुपरस्टार जलाटन इब्राहिमोविचले अमेरिकन फुटबल लिग एमएलएसमा ह्याट्रिक गरेका छन् ।

लस एन्जल्सविरुद्धको खेलमा एलए ग्यालेक्सीबाट खेल्दै इब्राहिमोविचले ह्याट्रिक गरेका हुन् । उनले खेलको आठौ, ५६औ र ७०औ मिनेटमा गोल गरेका थिए ।

ग्यालेक्सीले ३-२ ले जितेको यस खेलमा लस एन्जल्सका लागि कार्लोस भेलाले २ गोल गरेका थिए ।

इब्राहिमोविचको यो एमएलएस लिगमा दोस्रो ह्याट्रिक हो । उनले यस सिजनमा एलए ग्यालेक्सीबाट खेल्दै १७ खेलमा १६ गोल गरेका छन् । उनी एमएलएस लिगमा यस सिजनमा ल एन्जल्सका कार्लोस भेलापछि धेरै गोल गर्ने खेलाडी हुन् । भेलाले यस सिजनमा २० गोल गरेका छन् ।

यो जितपछि एलए ग्यालेक्सी एमएलएसको वेस्टर्न कन्फेरेन्समा २१ खेलमा ३७ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने लस एन्जेल्स २१ खेलमा ४६ अंकसहित शिर्ष स्थानमै रहेको छ ।

यस अघि अयाक्स, युभेन्टस, इन्टरमिलान, बार्सिलोना, एसी मिलान, पिएसजी, म्यानचेस्टर युनाइटेड जस्ता क्लबबाट खेलेका ३७ बर्षिय इब्राहिमोविचले एमएलएस लिगमा अहिलेसम्म दुइ सिजनमा ४४ खेल खेल्दै ३८ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै