• २०८१ बैशाख ४ मंगलबार

फिल्म ‘सरौतो’ को टीजरमा सुमीको एक्सन

kharibot

काठमाडौँ । महिला केन्द्रित कथावस्तुमा आधारित फिल्म ‘सरौतो’ को टीजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुले दाई’ बोलको गीतले फिल्मको चर्चा भइरहेको बेला निर्माण टिमले शुक्रबार साँझ टीजर सार्वजनिक गरेको हो ।

फिल्मको टीजरमा अभिनेत्री सुमी मोक्तानलाई जबरजस्त एक्सन अवतारमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । 

टीजरले फिल्ममा बदलाको कथा रहेको अनुमान गर्न सकिन्छ । फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक हरी हुमागाईंले निर्देशन गरेका छन् । कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका हुमागाईंको यो डेब्यू निर्देशित फिल्म हो । 

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङले स्वर दिएका छन् । 

काठमाडौँसँगै तराईको स्थानमा यसको छायांकन गरिएको छ । कात्तिक २२ मा रिलिज हुने फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

टिजर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै