• २०८१ बैशाख १२ बुधबार

प्रि-सिजनको पहिलो खेलमै रियल म्याड्रिड पराजित

kharibot

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियल म्याड्रिड पराजित भएको छ । शनिबार बिहान भएको खेलमा रियल म्याड्रिड बायर्न म्युनिखसँग पराहित भएको हो ।

रियल म्याड्रिड बायर्नसँग ३-१ गोल अन्तरले पराजित भएको हो । बायर्नका लागि  कोरेन्टिन टोलीस्सो, रोबोर्टो लेवानडोस्की र सर्जी ग्नाब्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल रोड्रीगोले फर्काएका थिए ।

खेलको ८४औ मीनेटमा रियलका रोड्रीगोलाई फाउल खेलेका बायर्नका गोल किपर स्भेन अलरेइचले रातो कार्ड पाएर मैदान छोडेपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो ।     

गत सिजन निकै खराब खेलेको रियल म्याड्रिडले यस सिजनमा बेल्जियमका इडेन हजार्डलाई भित्र्याएको छ । पहिलो हाफ खेलेका हजार्डले पनि रियललाई जित दिलाउन सकेनन् । 

त्यस्तै पछिल्लो सिजनमा पर्याप्त खेल नपाएका वेल्सका स्टार खेलाडी ग्यारेथ बेलले यस खेलमा खेल्ने मौका नै पाएनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै