• २०८१ बैशाख ७ शुक्रबार

प्रेमीसँगको रोमान्स कारण साम्राज्ञी विवादमा !

kharibot

काठमाडौँ । अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निजी कारणले अहिले चर्चामा रहेकी छन् ।

फिल्मको पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी सम्राज्ञी उनका प्रेमीसँगका निजी तस्बीर बाहिरिएपछि विवादमा आएकी हुन् । 

हाल मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाएकी साम्राज्ञी शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि उनको आलोचना भएको छ ।

सार्वजनिक तस्बीरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेको देखिएको छ । उनले ती तस्बीरहरु आफ्नो इन्टाग्राममा सेयर गरेपनि आलोचना हुन् थालेपछि हटाएका थिए । धेरैले यसलाई अश्लिल भन्दै सम्राज्ञीको आलोचना गरेका छन् भने उनको यस्तो व्यवहारले क्यारियरमा र छवीमा नै असर पुग्ने बताएका छन् ।

केही दिन बिदा मनाउन  अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तस्बीरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । 

सम्राज्ञीका अहिलेका प्रेमी देवाङ्कस उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । साम्राज्ञीले देवाङ्कसलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छन् । 

केहि समय अघि दायाँ स्तनमुनी खोपेको ट्याटुको तस्बीर बाहिरिएपछि सम्राज्ञी विवादमा परेकी थिइन् । 

भदौ १३ मा रिलिज हुने फिल्म 'मारुनी' र दशैं टार्गेट फिल्म 'रातो टिका निधारमा' को छायांकन सकेपछि उनी बिदा मनाइरहेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै