• २०८१ बैशाख ११ मंगलबार

साताको पहिलो दिन नै नेप्सेमा गिरावट, नौ समूहले गुमाउँदा दुुईले कमाए 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्सेमा गिरावट आएको छ । नेप्से तीन दशमलव ७५ अंकले घटेर १२ सय ६८ दशमलव ७४ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५३ अंकले घटेर दुुई सय ७३ दशमलव ३० विन्दुुमा झरेको छ । 

एक सय ६६ कम्पनीहरुको चार हजार चार सय ५६ वटा कारोबारमा ११ लाख १९ हजार पाँच सय ६३ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २९ करोड ८१ लाख ५७ हजार एक सय १६ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहले गुमाएकाछन भने दुुई वटा समूहले कमाएका छन. । यीमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ९५ अंकले घटेर ११ सय ४५ दशमलव ४३ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि नौ दशमलव २७ अंकले घटेर १६ सय २७ दशमलव ६० विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि नौ दशमलव ६७ अंकले घटेर १२ सय छ दशमलव ९५ विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक पनि १३ दशमलव पाँच अंकले घटेर पाँच हजार ९१ दशमलव २१ विन्दुुमा झरेको छ । 

उत्पादनमूलक, जीवन बीमा, होटल, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक घटेका छन् । फाइनान्स समूहको सूचक भने शून्य दशमलव ८४ अंकले बढेर छ सय २८ दशमलव २७ विन्दुुमा चढ्दा अन्य समूहको सूचक पनि दुुई दशमलव ८३ अंकले बढेको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वाभिमान लघुुबित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ५० पैसाले बढेर चार सय ९९ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युुनियन हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६४ पैसाले घटेर एक सय तीन रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सिभिल बैंकको प्रतिकित्ता एक सय ६३ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ६४ लाख ६१ हजार पाँच सय ६९ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै