• २०८१ बैशाख ४ मंगलबार

अव्यवाहारिक करबिरुद्ध बाराका व्यापारी सडकमा

kharibot

बारा । सरकारले लागु गरेको एक हजारभन्दा माथीको भुक्तानीमा प्यान अनिवार्य, ढुवानीमा लगाईएको भ्याट, सवारी साधन माथीको ई–लकिङ्ग प्रणली लगायतका नियमहरु खारेजीको माग गर्दै आईतवार बाराको जीतपुर सिमरामा उद्योगी व्यावसायीहरुले प्रर्दशन गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षबाट लागु गरेका उक्त ऐन अव्यवहारिक भएको भन्दै त्यसको बिरोधमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले प्रशासन मार्फत अर्थ मन्त्रिलाई ज्ञापन पत्र दिदै प्रदर्शन गरेको हो ।

नगर उद्योग वाणिज्य संघ जीतपुरसिमरा उपमहानगरको अगुवाईमा भएको प्रदर्शनमा यातायात तथा ढुवानी व्यवसायी एवंम् यातायात मजदुर संघर्ष समिती र स्वतन्त्र चालक मजदुर संघले पनी ऐकेबद्धता जनाउँदै प्रर्दशनमा सहभागी भई बिरोध र नारा जुलुस गरेका थिए । 

सरकारले साउन एक गते देखी लागु गरेका ऐन नियमहरुले निजि क्षेत्रमा अन्योल सिर्जना गरेको भन्दै व्यवसायीहरुले सो को स्थगन तथा खारेजीको माग गरेका छन् । 

देशको प्रमुख संयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवंम् सहज वातावरण सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशिल तुल्याउँन सरकारी स्तरबाट सहजीकरण हुँनु पर्नेमा सो को ठिक बिपरित ऐन नियमले बाँध्ने काम भएको भन्दै उनीहरुले सरकारको यो कदमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएको बताएका छन् ।

आन्दोलित व्यवसायीहरुले अव्यवहारिक ऐन स्थगन तथा खारेजीको माँग सहिँत ईलाका प्रशासन सिमरा बारा मार्फत अर्थमन्त्री डा.युवराज खतिवडालाई ज्ञापन पत्र पेश गरेका छन् । ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे मार्फत मन्त्रालयमा ज्ञापन पत्र पेश गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले जानकारी दिए ।

ज्ञापन पत्रमा एक हजार भन्दा बढीको भुक्तानीमा लगाईएको प्यान खारेज गर्नु पर्ने , अव्यवहारिक नयाँ कर निती खारेज गर्नु पर्ने , अव्यवहारिक भिसिटिएस प्रणाली खारेज गर्नु पर्ने, खाद्यान्नमा लगाईएको भ्याट खारेज गर्नु पर्ने, कामदारीको प्यान खारेज गर्नु पर्ने, बैंकिङ्ग व्याजदर सात देखी नौं प्रतिशत कायम गर्नु पर्ने, अव्यवहारिक सामाजिक शुरक्षा कोष खारेज गर्नु पर्ने लगायत माँग गरिएको छ ।

यस अघी आन्दोलित व्यवासायीहरुले बिभिन्न नारा सहिँत मोटरसाईकल ¥यालि निकालेर जीतपुर बजारबाट सुरु गरी ¥याली सिमराबाट पथलैया हुँदै पुन: सिमरा स्थित ईलाका प्रशासन कार्यालय अगाडी पुगेर समापन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै