• २०८१ बैशाख ८ शनिबार

को को बने नेकपाका जिल्ला इन्चार्ज-सहइन्चार्ज ? 

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ ।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज-सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने भएको छ ।

‘सांगठनिक एकताको कामलाई अन्तिम रुप दिन लागेका छौँ। आज त्यस अन्तरगत ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जहरु तोक्ने काम सकियो’, उनले भने, ‘अब पर्सी (मंगलबार) धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने छ।’

आजको बैठकले पार्टीको ३२ विभागको जिम्मेवारी टुंगाउने बताइएको भएपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेको बताइएको छ । तत्कालिन माओवादीका नेताहरुले पार्टीको स्कुल विभाग आफुहरुले पाउनुपर्ने दाबि गरेका कारण सहमति नभएको बताइएको छ ।

३२ विभाग रहेको नेकपामा १८ विभाग तत्कालिन एमाले र १४ विभाग माओवादीलाई दिने सहमति यस अघि नै भएको छ ।    

नेकपाका ७७ जिल्ला कमिटी र ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको सुची :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै