राजपाको संयोजक राजकिशोर यादव

खरीबोट

काठमाडौँ । चक्रीय प्रणालीअनुसार सोमबारबाट राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने भएका छन् ।

आइतबारको पार्टी बैठकले संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।

यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि २-२ महिना पालै पालो संयोजक फेरिन्छन् ।

यसअघि अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ ।

ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपाले बताएको छ ।
 

सम्बन्धित समाचार

प्रतिनिधि सभा फेरी अवरुद्ध : काँग्रेस-राजपाको नाराबाजी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेका छन् । आजको बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ना साथ काँग्रेस

राजपाको संयोजक राजकिशोर यादव

काठमाडौँ । चक्रीय प्रणालीअनुसार सोमबारबाट राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने भएका छन् । आइतबारको पार्टी बैठकले संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । आइतबारसम्म अनिल

राष्ट्रियसभामा काँग्रेस र राजपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । बुधबार काँग्रेसका

संसदमा काँग्रेस र राजपाको स्थगन प्रस्ताव : बाढी-पहिरो बारे छलफल गर्न प्रस्ताव  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । काँग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले


z