• २०८१ बैशाख १२ बुधबार

राजपाको संयोजक राजकिशोर यादव

kharibot

काठमाडौँ । चक्रीय प्रणालीअनुसार सोमबारबाट राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने भएका छन् ।

आइतबारको पार्टी बैठकले संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।

यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि २-२ महिना पालै पालो संयोजक फेरिन्छन् ।

यसअघि अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ ।

ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपाले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै