काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । केनले २-२ गोलको अवस्थामा रहेको बेला खेलको ९३औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई जित दिलाएका थिए ।
टोटनह्यामका लागि लुकास मौरा र इरिक लामेलाले एक एक गोल गरेका थिए ।
त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
इन्टरनेशनल च्याम्पियन्समा अब युभेन्टस आगामी बुधबार इन्टर मिलानसँग खेल्ने छ भने टोटनह्याम विहिबार म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ ।