• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फाइनलमा गल्ति भयो, तर मलाई पछुतो छैन - अम्पायर धर्मसेना

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनलका श्रीलंकाली अम्पायर कुमार धर्मसेनाले फाइनल खेलमा आफुले गरेको निर्णयबाट कुनै पछुतो नभएको बताएका छन् ।

श्रीलंकाको सन्डे टाइम्स सँग कुरा गर्दै धर्मसेनाले आफुले फाइनलको अन्तिम ओभरमा इङल्याण्डलाई दिएको ६ रन लेग अम्पायरसँग सल्लाह गरेर दिएको स्पष्ट गरेका छन् । उनले सो कुराकानीमा फाइनल खेलको अन्तिम ओभरको त्यो अवस्थामा आफुहरुसँग भिडियो असिस्टको सुबिधा नरहेको बताउदै मैदानमा रहेका दुवै अम्पायरको सल्लाहपछि नै ६ रन दिने निर्णय गरेको बताएका छन् ।

साथै उनले सो निर्णयमा गल्ति भएको भने स्वीकार गरेका छन् । आइसीसीको नियम अनुसार फिल्डरलेबल फाल्दा दुवै ब्याट्सम्यानले क्रस गरे गरेनन् भनेर हेर्न गल्ति भएको स्वीकार गर्दै आइसीसीले आफ्नो निर्णयलाई गलत नभनेको स्पष्ट पारेका छन् ।
धर्मसेनाको सो निर्णयपछि विवाद हुदा आइसीसीले अम्पायरले गरेको निर्णय नै अन्तिम भएको बह्न्दै धर्मसेनाको निर्णयको बचाउ गरेको थियो ।

धर्मसेनाले भनेका छन्, 'त्यो अवस्थालाई तेस्रो अम्पायरकोमा पठाउने कुनै नियम छैन । त्यसैले मैले थर्ड अम्पायरसँग कम्युनिकेसन प्रणाली मार्फत कुरा गरे जो सबै अन्य अम्पायर र म्याच रेफ्रीले पनि सुने । त्यति बेला कसैले पनि टिभी रिप्ले चेक गरेका थिएनन् । सबैले ब्याट्सम्यानले रन पुरा गरेको भन्ने नै निधो दिए । जसअनुसार मैले ६ रन दिने निर्णय दिए ।'

उनले अगाडी भनेका छन्, 'हामीले ब्याट्सम्यानले एक अर्कालाई क्रस गरिसके भन्ने अनुमान लगायौं । यस्ता कुरा क्रिकेटमा हुने गर्दछन । तर हामि यसबाट पछाडी फर्किएर खेललाई उल्टाउन सक्दैनौ ।'   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै