• २०८१ बैशाख ६ बिहीबार

टी-२० विश्वकपको एशिया छनौट : आयोजक सिंगापुरको विजयी सुरुवात 

kharibot

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल आज देखि शुरु भएको छ ।

आज भएको पहिलो खेलमा आयोजक सिंगापुरले विजयी सुरुवात गरेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको छ ।

सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन मात्र बनाएको थियो ।

कतारका लागि कप्तान तमूर सैजादले सर्वाधिक ३४ रन बनाए भने फैसल जावेदले २९, मुहमद तनवीरले २६ रन बनाएका थिए । त्यस्तै इनाम उल हकले ११ र मोहमद रिजलानले अविजित ३३ रन बनाएका थिए ।

त्यस्तै सिंगापुरका बलर अमजाद महमूद र जनक प्रकाशले ३-३ विकेट लिए भने विनोथ बसकरण, सेलाडोर विजयकुमार र चेतन सूर्यवंशीले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ७ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै टिम डेविडले ३८, मनप्रीत सिंहले १८ बलमा ३४, रोहण रंगराजनले २० बलमा ३२ रन बनाए ।

कतारका बलर इकवाल हुसैनले सर्वाधिक ४ विकेट लिए भने नोउमान सरवारले २ तथा इनाम उल हकले एक विकेट लिए ।                               

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल कुवेत र मलेसियाबीच हुने छ ।

नेपालले आफ्नो पहिलो खेल दोस्रो दिन मंगलबार कतारविरुद्ध खेल्ने छ ।  

खेल तालिका :

२२ जुलाई : सिंगापुर भर्सेज कतार
         : कुवेत भर्सेज मलेसिया
२३ जुलाई : कतार भर्सेज नेपाल 
        : सिंगापुर भर्सेज कुवेत 
२४ जुलाई : नेपाल भर्सेज मलेसिया
२६ जुलाई : कतार भर्सेज कुवेत 
        : सिंगापुर भर्सेज मलेसिया
२७ जुलाई : कुवेत भर्सेज नेपाल 
        : मलेसिया भर्सेज कतार 
२८ जुलाई : सिंगापुर भर्सेज नेपाल  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै