• २०८१ बैशाख ८ शनिबार

कबीर सिंहको सफलतापछि शहिद कपुरले पारिश्रमिक बढाए !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपुरले फिल्म कबीर सिंहको सफलतापछि आफ्नो पारिश्रमिक बढाएका छन् ।

फिल्म फेयरका अनुसार शाहिदले आफ्नो पारश्रमिक अब प्रति फिल्म ३० देखि ३५ करोड बनाएका छन् । यस अघि शाहिदले प्रति फिल्म १० करोडसम्म पारिश्रमिक लिने गरेका थिए । उनले पद्मावतका लागि सर्वाधिक १० करोड लिएका थिए ।
कबीर सिंह ले भारतीय बक्स अफिसमा अहिलेसम्म २७० करोड कलेक्सन गरिसकेको छ ।

यो सँगै शाहिद अब बलिवुडमा धेरै पारिश्रमिक लिने अभिनेताको सुचिमा पुगेका छन् । बलिवुडमा धेरै पारिश्रमिक लिने अभिनेता सलमान खान हुन् । उनले आफ्नो ब्यानर बाहिरका फिल्ममा ६० करोडसम्म पारिश्रमिक लिने गर्दछन ।

त्यस्तै आमिर खानले फिल्ममा पारिश्रमिक नलिने तर फिल्मको नाफाबाट ५० प्रतिशतसम्म लिने गरेका छन् । त्यस्तै अक्षयकुमार, शाहरुख खान र हृतिक रोशनले भने प्रतिफिल्म ३० देखि ४० करोडसम्म लिने गरेका छन् ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै