मलाई बार्सिलोनामा मेसीले अझै स्वागत गरेका छैनन् – ग्रीजम्यान

खरीबोट

काठमाडौँ । एथलेटिको म्याड्रिडबाट बार्सिलोना पुगेका फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानले आफुलाई लियोनेल मेसीले अझै स्वागत नगरेको बताएका छन् ।

प्रि-सिजन टुर अन्तर्गत हाल जापानमा रहेको बार्सिलोनाको मंगलबारको चेल्सीविरुद्धको खेल अघि मिडियासँग कुरा गर्दै ग्रीजम्यानले मेसीले अझै स्वागत नगरेको खुलासा गरेका हुन् ।

ग्रीजम्यानले आफुलाई लुइस स्वरेजले फोन गरेर स्वागत गरेको र अन्य खेलाडीले स्वागत गरेपनि मेसीले भने अझै स्वागत नगरेको खुलासा गरेका छन् ।

ग्रीजम्यान बार्सिलोना आउनु अघि मेसीले ग्रीजम्यानको ठाउमा नेइमारलाई नै ल्याउन क्लबलाई आग्रह गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो ।

मेसी अहिले कोपा अमेरिकापछि परिवारसँग बिदा मनाउन क्यरबियन आइल्याण्डमा रहेका छन् । प्रि-सिजन टुरमा समावेश नभएका मेसी छिट्टै बिदा सकाएर बार्सिलोना टिममा समावेश हुदै छन् ।

एथलेटिकोबाट २२४ मिलियन अमेरिकी डलरमा बार्सिलोना आएका ग्रीजम्यानले एथलेटिकोले आफ्नो ट्रान्सफरको उजुरी गरेको बारे आफुले पनि सुनेको बताउदै अहिले पनि आफ्नो सम्बन्ध क्लब र कोच डिएगो सिमेओनीसँग राम्रो रहेको बताए ।

बार्सिलोनाले जापानमा राकुटेन कपमा चेल्सी र भिसेल कोबे क्लबसँग खेल्दै छ ।                                           
 
 

सम्बन्धित समाचार

मेसी ठिक नभएपछि बार्सिलोना दबाबमा, बेटिसविरुद्ध नखेल्ने

काठमाडौँ । लियोनेल मेसी इन्जुरीको इन्जुरी ठिक नभएपछि ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका हुन् । आइतबार राति रियल बेटिसविरुद्धको खेलमा मेसी नखेल्ने भएको बार्सिलोनाले जानकारी दिएको छ । मेसीले

इन्जुरीको मारमा बार्सिलोना : मेसी र स्वरेजपछि डेम्बेले घाइते

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ सिजन धेरै किसिमले ठिक भइरहेको छैन । सिजनको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले लियोनेल मेसीको इन्जुरीको समस्या झेलिरहेका बेला अर्का खेलाडी उसमान डेम्बेलेपनि घाइते

बार्सिलोनामा सोचे जस्तो भएन - फिलिप कोटिन्हो  

काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो जर्मनी क्लब बायर्न म्युनिखसँग आधिकारिक सम्झौता गरेपछि बार्सिलोनाको आफ्नो समय सोचे जस्तो नभएको प्रतिक्रिया दिएका छन् । बायर्नसँगको सम्झौतापछि कुरा गर्दै कोटिन्होले बार्सिलोनामा खेल्दा आफुले

फिलिप कोटिन्होले बार्सिलोना छोडे, बायर्न म्युनिख जान सहमत

काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो एक बर्षका लागि जर्मनी क्लब बायर्न म्युनिख जाने भएका छन् । बायर्न र बार्सिलोना कोटिन्होलाई एक बर्षका लागि लोनमा ट्रान्सफर गर्न सहमत भएको बार्सिलोनाले पुष्टि


z