• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि छानबिन नहुने

kharibot

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको ‘बलात्कार’ को आरोपमाथि अब छानबिन नहुने भएको छ ।

प्रयाप्त प्रमाण नपुगेको भन्दै यस प्रकरणमा लासभेगासको डिस्ट्रिक्ट एटोर्नी अफिसले रोनाल्डोमाथि लगाइएको बलात्कारको आरोपमाथि अगाडी छानबिन नगर्ने घोषणा गरेको छ ।

मोडल काथरिन मायोर्गाले रोनाल्डोमाथि सन् २००९ मा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर रोनाल्डोले भने बलात्कार गरेको अस्विकार गर्दै आएका थिए ।

डिस्ट्रिक्ट एटोर्नी अफिसले घटनाको पुष्टि हुने पर्याप्त फिजिकल प्रमाण नभएको बताउदै सोमबार १० बर्ष पुरानो रोनाल्डो माथि लागेको आरोपको थप छानबिन नगर्ने र रोनाल्डोले यस प्रकरणमा आफुलाई निर्दोष पुष्टि गर्न नपर्ने स्पष्ट गरेको छ । 

के हो मोडल बालात्कार प्रकरण : 

तत्कालिन मोडल र हाल स्कुल शिक्षक रहेकी काथरिन मायोरगालाई रोनाल्डोले छुट्टीमा अमेरिकाको लस भेगासमा गएका बेला काथरिनलाई बलात्कार गरेको आरोप लागेको छ । सो घटना सन् २००९९ को जुन १३ मा लस भेगासको पाल्म होटलमा भएको दाबी गरिएको छ । 

रोनाल्डोले यो बयान काथरिनका वकिलले लस भेगासमा मुद्धा दायर गरेको केहि घण्टामा आएको हो। साथै लस भेगास प्रहरीले यस घटनाको सोमबारदेखि छानबिन सुरु गरेको बताइएको छ । 

यस प्रकरणमा सन् २०१० मा काथरिनले यस घटनालाई कहिल्लै बाहिर नल्याउने गरि २ लाख ८७ हजार पाउण्डमा सेटलमेन्ट गरेको मिडिया रिपोर्टमा बताइएको छ। तर अहिलेको नयाँ दाबिले सो सम्झौताको उलंघन भएको बताइएको छ। नयाँ दाबी अनुसार रोनाल्डोले बलात्कार गरेपछि काथरिन डिप्रेसनमा गएको र उनको काम र निजि स्वास्थ्यमा ठुलो असर परेको उल्लेख गरिएको छ।

तर रोनाल्डो पक्षले भने दुवैबीच सेक्स भएपनि आपसी सहमतिमा गरेको रिपोर्ट अदालतमा  गरेको बताइएको छ। रोनाल्डोका वकिलले यो प्रकरण अहिले फेरी उठेपछि पहिलो पटक यो रिपोर्ट प्रकाशित गर्ने जर्मनी मिडिया डेर स्पाइगेलमाथि मुद्धा दायर गर्ने बताएका थिए ।                  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै