• २०८१ बैशाख ६ बिहीबार

स्वयम्भू मन्दिरबाट यस्तो देखियो काठमाडौँ (फोटो फिचर)

kharibot

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । 

हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । 

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सर सफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ । 
लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट काठमाडौँ उपत्यकामा देखिएको दीपावलीको मनोरम दृश्य । 

तस्बिर : प्रदीपराज वन्त,रासस 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै