• २०८१ बैशाख ११ मंगलबार

पुष्पलाल कै विचार अनुसार नै एक ठाउमा आइयो – प्रचण्ड

kharibot

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्पलाल कै विचार अनुसार एक ठाउमा आएको बताएका छन् ।

४१औं पुष्पलाल स्मृति दिवसमा कीर्तिपुर चम्पादेवीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पुष्पलाल कै विचार अनुसार एक ठाउमा आएको र आफुहरु सबै पुष्पलालकै चेला भएको  बताएका छन् ।

प्रचण्डले भने, ‘हामीमा देखिने कमीकमजोरी सच्याउने संकल्प गर्नुपर्छ  । पुष्पलाललाई सम्झनुको अर्थ हामीले आफैंभित्र देखिने कमीकमजोरी सच्याउने कुरा पनि हो। आफैंलाई धोइ पखाली गरेर सफा गर्ने कुरा पनि हो।’

शान्ति प्रक्रियामा आउनु अघि एक आपसमा गरेका संवाद र सहकार्य सबैलाई थाहा नभएको प्रचण्डले बताए । उनले इतिहासको त्यो बाटोलाई खोतल्न आग्रह समेत गरे ।

उनले जनयुद्ध, ६२/६३ को जनान्दोलन, शान्ति सम्झौता पछि अहिलेको अवस्थामा आएको बताउदै यो एकाएक नभएको बताए ।

उनले अब समाजवाद र समृद्धिको बाटोमा अगाडी बढ्न पार्टीलाई विधि र प्रक्रियाको माध्यमबाट एकजुट बनाउनु पर्ने बताउदै श्रावण महिना भित्र नै पार्टीका बाँकी एकताका प्रक्रिया सकेर स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्ने जानकारी समेत दिए ।

इतिहासले नेकपालाई ठुलो अवसर दिएको भन्दै प्रचण्डले अब सुशासन र विकासबाट नै देशलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्डले जनयुद्धको क्रममा पुष्पलालको विचारमा आधारित रहेर दस्तावेज समेत लेखेको स्मरण गर्दै आफुहरु पुष्पलालको विचार अनुसार नै एक भएर यँहासम्म आएको बताए ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै