• २०८१ बैशाख ७ शुक्रबार

नेप्से सुुधारको दिशामा, सात समूहले कमाउँदा चारले गुमाए

kharibot

काठमाडौं । नेप्से सुधारको दिशामा गएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से पाँच दशमलव ९४ अंकले बढेर १२ सय ७७ दशमलव १७ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९२ अंकले बढेर दुुई सय ७४ दशमलव ४१ विन्दुुमा चढेको छ । 

एक सय ६९ कम्पनीहरुको पाँच हजार पाँच सय एक वटा कारोबारमा १४ लाख ४४ हजार एक सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ३६ करोड ८९ लाख ८० हजार आठ सय ६० रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा चार वटा समूहको सूचक घटेर सात वटा समूहको सूचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक छ दशमलव ९७ अंकले बढेर ११ सय ५४ दशमलव ७४ विन्दुुमा चढ्दा बिकास बैैक समूहको सूचक पनि चार दशमलव १७ अंकले बढेर १६ सय ३३ दशमलव ४७ विन्दुुमा चढेको छ । 

निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । होटल समूहको सूचक भने आज तीन दशमलव ९२ अंकले घटेर दुुई हजार ६९ दशमलव ३१ विन्दुमा झरेको छ । जलविद्युुत्, उत्पादनमूलक र अन्य समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ९० पैसाले बढेर चार सय ७८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ २४ पैसाले घटेर ६४ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको कृषि विकास बैंकको प्रतिकित्ता चार सय ३५ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ५१ लाख २२ हजार तीन सय ६९ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै