राप्ती विज्ञानको अनियमितता छानविन समितिको कार्यशैली ठिक भएन -प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताएका छन् ।

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिती गठन गरेको थियो ।

समितीको हवाला दिंदै  प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए । “समितीले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ ” प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, “यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताएका छन् । “प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु ।” प्रधानमन्त्री ओलीले भने । 
 

सम्बन्धित समाचार

ओली र मेरो भनाभनलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझौं – माधव नेपाल 

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षसँगको भानाभनलाई गम्भीर रुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । सहयोगीनगर सामुदायिक समाजले शुक्रबार गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताले व्यक्त गरेको चिन्ताप्रति आफ्नो

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान : के हो प्रधानमन्त्रीको स्वास्थ्य समस्या ?

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।   आज अपरान्ह १।३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ

प्रधानमन्त्री ओली आज सिंगापुर जादै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारका लागि आज फेरी सिंगापुर जादै छन् । यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा करिब एक साता उपचार गराएर साउन २७ गते फर्किएका थिए । यसअघिको

प्रधानमन्त्री ओली र जयशंकर भेटवार्ता : पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

काठमाडौँ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई


z