• २०८१ बैशाख १४ शुक्रबार

दुवै मृगौला पीडित बोहोरालाई आर्थिक सहयोग 

kharibot

काठमाडौं । दुवै मृगौला फेल भएका २१ वर्षिय हिम बहादुर बोहराले मंगलबार आर्थिक सहयोग प्राप्त गरेका छन् । 

सुदुर पश्चिम घोडाघोडीका बोहरा दुवै मृगौला फेल भए पश्चयात उपचारका लागि भन्दै काठमाडौं बस्दै आएका छन् । आर्थिक अभावका कारण विगत ३ वर्षदेखि उनी डायलासिसा मात्र गराउदै आएका छन् । 

कमजोर अवस्थाका कारण उपचार गराउन गाह्रो भएको समयमा उनलाई कोटेश्वर–३२ मा रहेको उई सेभ नामक ह्यम्यानिटी सामाजिक संस्थाले रु चार लाख (४,००,०००) सहयोग गरेको छ ।

बोहोरालाई रकम सहयोग गरी उपचार अभावमा परेकालाई सहयोग गर्ने दयालु मनहरु अहिले पनि रहेको भनि सन्देश दिन खोजेको संस्थाले जनाएको छ । बोहोरा परिवारका एकमात्र सन्तान हुन् भने मृगौला फेल भए पछि उपचारका लागि उनलाई आर्थिक समस्या पर्दै आएको छ । 

उपचार महँगो हुदाँ परिवारलाई उनको उपचार गराउन गाह्रो हुँदै आएको बताएका छन् । परिवारले आगामी दिनमा पनि उनको उपचारको लागि सहयोगको अपेक्षा गरेका छन् ।   

सहयोग कार्यक्रममा समुदायिक सेवा तथा सामाजिक विकासका पदम रेग्मीको प्रमुख अतिथि र  सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका कार्यालय प्रमुख  राजेन्द्र सिंह पुजारा  विशेष अतिथीको रुपमा उपस्थियित थिए ।

सो संस्थाका संस्थापक एवं संरक्षक अध्यक्ष आचार्य राम लम्साल लगायत संस्थाका सदस्यहरुको बाक्लो उपस्थितिमा बोहोरालाई चेक हस्तान्तरण गरिएको थियो ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै