• २०८१ बैशाख ७ शुक्रबार

बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने

kharibot

काठमाडौँ । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

आज भएको मतदानपछि जोन्सन कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएपछि उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् । आज भएको निर्वाचनमा जोन्सनले ९२ हजार १५३ मत पाएर अर्का नेता जेरेमी हन्टलाई पराजित गरेका थिए ।

हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरेको बिबिसीले जनाएको छ । कन्जरभेटिभ पार्टीका एक लाख ५९ हजार ३ सय २० मध्ये ८७.४ प्रतिशत मतदाताले पार्टीको नेताका लागि भएको मतदानमा भाग लिएको बताइएको छ ।

५५ बर्षिय जोन्सन यस अघि थेरेसा मे सरकारमा २०१६ जुलाई १३ देखि २०१८ जुलाई ९ सम्म बेलायतको विदेशमन्त्रीको पद सम्हालेका थिए ।   

प्रधानमन्त्री थेरेसा मे ले ब्रेक्जिक्ट कार्यान्वयन गर्न असफल भएपछि गे जुन ७ मा प्रधानमन्त्रीबाट राजीनामा गरेकी थिइन् ।

जोन्सनले शुक्रबारदेखि प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बेलायती मिडियाले जनाएका छन् ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै