कन्टेनरले थिच्दा दुईको मृत्यु

खरीबोट

हेटौँडा । पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन् ।

कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार

बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाहीले ज्यान गएको मृतकको आरोप 

मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।  नेपालीले बच्चा

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

जाजरकोट । जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट आज मुत्यु भएको हो ।  घाँस काट्न गएकाबेला शुक्रबार

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर

चट्याङ लागेर बालिकाको मृत्यु 

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय


z