• २०८१ बैशाख ६ बिहीबार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ

kharibot

विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए ।

सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौनदुव्र्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । 

उनका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि नौ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुव्यवहार गरेका थिए । पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ ।

पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुव्र्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडितपक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै