राकुटेन कपमा चेल्सीसँग हार्यो बार्सिलोना

खरीबोट

काठमाडौँ । प्रि-सिजन टुर अन्तर्गत जापानमा रहेको स्पेनिस कल्ब बार्सिलोनाले राकुटेन कपको पहिलो खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग हार बेहोरेको छ ।

मंगलबार भएको खेलमा चेल्सीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीको जितमा युवा खेलाडी टामी अब्राहीम र रोज बार्कलीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि इभान राकीटिकले एक गोल गरेका थिए ।   

पहिलो हाफमा एक गोल अग्रेको चेल्सीले दोस्रो हाफमा एक गोल र बार्सिलोनाले एक गोल गरेको थियो ।

यस खेलमा हालै बार्सिलोना क्लब आएका फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानले बार्सिलोनाका लागि डेभ्यु गरेका छन् । पहिलो हाफ मात्र खेलेका ग्रीजम्यानले पहिलो खेलमा खासै प्रभाव भने छोड्न सकेनन् ।

यस टुरमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी, लुइस स्वरेज र फिलिप कोटीन्हो समावेश छैनन् भने चेल्सीका विलियन पनि समावेश छैनन् ।

अब बार्सिलोनाले दोस्रो खेल जापानको क्लब भिसेल कुबोसँग जुलाई २७ मा खेल्ने छ । भिसेल बार्सिलोनाका पुर्व खेलाडी आन्द्रे इनेष्टा खेल्ने क्लब हो ।

सम्बन्धित समाचार

मेसी ठिक नभएपछि बार्सिलोना दबाबमा, बेटिसविरुद्ध नखेल्ने

काठमाडौँ । लियोनेल मेसी इन्जुरीको इन्जुरी ठिक नभएपछि ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका हुन् । आइतबार राति रियल बेटिसविरुद्धको खेलमा मेसी नखेल्ने भएको बार्सिलोनाले जानकारी दिएको छ । मेसीले

इन्जुरीको मारमा बार्सिलोना : मेसी र स्वरेजपछि डेम्बेले घाइते

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ सिजन धेरै किसिमले ठिक भइरहेको छैन । सिजनको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले लियोनेल मेसीको इन्जुरीको समस्या झेलिरहेका बेला अर्का खेलाडी उसमान डेम्बेलेपनि घाइते

बार्सिलोनामा सोचे जस्तो भएन - फिलिप कोटिन्हो  

काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो जर्मनी क्लब बायर्न म्युनिखसँग आधिकारिक सम्झौता गरेपछि बार्सिलोनाको आफ्नो समय सोचे जस्तो नभएको प्रतिक्रिया दिएका छन् । बायर्नसँगको सम्झौतापछि कुरा गर्दै कोटिन्होले बार्सिलोनामा खेल्दा आफुले

बराबरीमा रोकियो चेल्सी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लेस्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका लागि मासन माउन्टले गोल गरेका थिए भने


z