एनआईसी एशिया बैंक र पोखराका विभिन्न होटल तथा रिसोर्टबीच सम्झौता

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् ।

यसैगरी एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका छन् ।

यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक

एनआईसी एशिया बैंक र चौराहा हस्पिटल बुटवलबीच सम्झौता

बुटवल । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता

एनआईसी एशिया बैंक र सेलपेबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको 'सेलपे' सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेलपेसँग सम्झौता गरेको छ । सेलपे इलेक्ट्रोनिक पेमेन्ट


z