• २०८१ बैशाख ८ शनिबार

मन्त्रीस्तरीय टोलीद्वारा अम्लेखगंज पेट्रोलियम पाईप लाईनको निरिक्षण

kharibot

बारा । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि भारतीय राजदुत मंजीत सिहं पुरी सहिँतको टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईनको निरिक्षण गरेको छ । 

राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माणसँगै तेल ल्याउँन परिक्षण गरे लगत्तै यो टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईनको निरिक्षण गरेको हो । 

नेपाल र भारत दुबै देशको प्रर्थमिकतामा रहेको यो परियोजना अन्तर्गत गत शुक्रवार पहिलो पटक सफल रुपमा पाईपबाट ईन्धन भित्र्याईएको थियो । पाईपबाट ईन्धन भित्रयाईए लगत्तै निरिक्षणको क्रममा आएका मन्त्रि स्तरीय टोलीलाई परियोजनामा आवद्ध विभिन्न प्रविधिकहरुले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईनको बारेमा जानकारी दिएका हुन् । 

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगंज सम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारी देखी अमलेखगंज सम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईप शुक्रवार परिक्षण गरिएको भए लगत्तै मंगलवार मन्त्रि स्तरिय टोलीले यस परियोजनाको अध्ययन अवलोकन गरेको हो ।

सन् २००४ मा सम्झौता भएर २०१८ बाट निर्माण थालिएको यो आयोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष राखिएको थियो । तर , निर्धारित समय भन्दा झण्डै आठ महिना अगाडी सम्पन्न भएको यस परियोजनाले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउँन ठूलो योग्दान पुर्याउने उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री यादवले बताए । 

उनले यस योजनाबाट नेपाली जनताले ठुलो अवसर प्राप्त गर्ने बताउँदै निकट भविष्य मैं दुई देश (नेपाल र भारत) का प्रधानमन्त्रीले यस योजनको उद्घाटन गर्ने जानकारी दिए । 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदुत मंजीत सिंह पुरीले यस आयोजनाले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाउने बताए । उनले बिरगंजदेखि अम्लेखगंजसम्मको क्षेत्र राम्रो ईकोनोमिक जोन बन्नेमा आफु विश्वस्त रहेको बताउँदै यस आयोजनाले नेपालको सम्बृद्धिमा ठुलो सहयोग गर्ने जानकारी दिए । 

निर्माणाधिन पेट्रोलियम पाईपलाईनबाट नेपालमा हाल डिजेलको खपत बढि हुने गरेकोले तत्काल डिजेल मात्र ल्याइँने र बिस्तारै मट्टितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मट्टितेल र पेट्रोल पनि सोहि पाईपलाईन मार्फत आयात हुँने नेपाल आयल निगम अम्लेखगंजका प्रमुख प्रदिप यादवले जानकारी दिए । 

निरिक्षण टोलीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल , सचिव केदार बहादुर अधिकारी , परियोजनाका ईन्जिनियर शरद पौडेल लगायत परियोजनमा आवद्ध नेपाल तथा भारतका प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै