• २०८१ बैशाख १३ बिहीबार

मनसुन अझै केहि दिन सक्रिय रहने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । देशका पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको साथै बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्व र मध्यका अधिकांश साथै पश्चिमका केहि स्थानमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।      

अहिले देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली भइ केहि स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज मंगलबार राति देशभर सामान्य देखि पूर्ण बदली हुने तथा पुर्व र मध्यका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको अनुमान रहेको छ । साथै पुर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका एक वा दुइ स्थानमा भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको आगामी तीन दिनको मौसमी अनुमान : 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै