• २०८१ बैशाख ७ शुक्रबार

बालयौन दुराचारी अस्ट्रेलियन नागरिक पोखराबाट पक्राउ

kharibot

काठमाडौँ । बालकहरुसँग अप्राकृतिक मैथुन तथा बालयौन दुरुपयोग गर्ने अस्ट्रेलियन नागरिक पोखराबाट पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीद्धारा मंगलबार पोखराको डिहीको पाटनबाट ६३ बर्षिय अस्ट्रेलियन नागरिक बेरीम्यान थोमस अल्फ्रेड पक्राउ परेका हुन् । उनीसंगै दुइजना पिडित बालकको समेत उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अल्फ्रेडलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुर अन्तर्गत मुद्धामा सम्मानित कास्की जिल्ला अदालत पोखराबाट म्याद लिई अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै