• २०८१ बैशाख ४ मंगलबार

निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

kharibot

ललितपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । 

नेपाल संवत् ११३८ समारोह समितिद्वारा यहाँ आज आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन गर्दै उहाँले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए । 

उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए । समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे। उनले नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे । 

सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै