• २०८१ बैशाख १३ बिहीबार

फेस डेटाबापत प्रयोगकर्तालाई ५ डलर दिँदै गूगल, नयाँ प्रविधि विकासको सम्भावना 

kharibot

अमेरिका । गूगलले आफ्नो मोबाइल फोन पिक्सल ४ मा नयाँ फेस रिकग्निशन प्रविधिको परीक्षण गरिरहेको छ । गूगलले प्रविधिसँग सम्बन्धित अनुसन्धानका लागि फेस डेटा पनि जम्मा गरिरहेको बताइएको छ । सर्च इन्जिनका कर्मचारीहरुले अमेरिकाको न्यूयोर्कका सडकमा मानिसहरुसँग उनीहरुको फेस डेटा मागिरहेका छन् भने त्यसको सट्टा ५ डलर भुक्तानी पनि दिइरहेका छन् । गूगलका कर्मचारीहरुका अनुसार न्यूयोर्कबाहेक अमेरिकाका अन्य सहरमा पनि यसरी डेटा संकलन गरिँदै छ ।

फेस डेटा लिन गूगलका कर्मचारीहरुले पहिला मानिसको अनुमति लिएर उनीहरुलाई एक कन्साइन्ट पेपरमा साइन गर्न लगाउँछन् । त्यसपछि उनीहरुको अनुहार स्क्यान गरिन्छ । यसरी फेस स्क्यान गरेबापत उनीहरुलाई ५ डलरको गिफ्ट कार्ड दिइन्छ । यस विषयमा प्राइभेसीलाई लिएर प्रयोगकर्ताहरुले विभिन्न धारणा व्यक्त गरिरहेका छन् । केही प्रयोगकर्ताका अनुसार उनीहरुको पूरै जीवन गूगलसँग जोडिएको छ र आगामी दिनमा पनि उनीहरु गूगलसँग आबद्ध भइरहन्छन् । त्यसैले उनीहरुको डेटा गूगलको सर्भरमा पहिलेदेखि नै सुरक्षित छ । त्यस्तै, केही प्रयोगकर्ताले भने प्राइभेसीलाई लिएर आशंका व्यक्त गरेका छन् । हाल प्राइभेसी भ्रमको रुपमा रहेको र विशेषगरी अनुहार त पटक्कै प्राइभेट नरहेको उनीहरुको भनाइ छ ।

गूगलले धेरै सहरमा यो नयाँ तरिकाले डेटा संकलन गरिरहेको छ । डेटा कलेक्सनको यो तरिकालाई हेर्दा कम्पनीले आफ्नो नयाँ फोन पिक्सेल ४ मा विशेष फेस अनलक फिचर भएको प्रविधि ल्याउन सक्ने अनुमान गरिएको छ । अधिकांश कम्पनीले अनलाइन डेटा कलेक्सनको तरिका अपनाइरहँदा गूगलले भने सडकमा प्रयोगकर्ताको अनुमति लिएर फेसडेटा संकलन गरिरहेको छ ।

पिक्सेल ४ मा नयाँ प्रविधि

जेडीनेटले आफ्नो प्रतिवेदनमा गूगलका धेरै कर्मचारीले मानिसको फेस डेटा अनुमति लिएर संकलन गरिरहेको उल्लेख गरेको छ । कर्मचारीहरु नेक्स्ट जेनेरेशन फेशल रिकग्निशन फोन अनलकिङलाई अझै प्रभावकारी बनाउन डेटा संकलनमा लागि परेको जेडीनेटको भनाइ छ । त्यस्तै, एन्ड्रोइड पुलिसको एक प्रतिवेदनमा पनि पिक्सेल ३ एक्सएलमा प्रयोगकर्ताको फेस डेटा कुनै भावी गूगल प्रोडक्टको लागि जम्मा गर्दै गरिएको बताइएको थियो । यसले पिक्सेल ४ लाई नै संकेत गरेको बताइएको छ ।

बाक्सामा लुकेको फोनबाट डेटा स्क्यानिङ

अझै अनौठो कुरा के छ भने डेटा संकलन गर्दा एक ठूलो बाक्सामा लुकेको फोनमा डेटा संकलन गरिएको छ । बाक्साभित्र गएर हेर्दा भित्र के छ भनी हेर्न गाह्रो छ । यद्यपि, यो पिक्सेल ४ हुन सक्ने अनुमान छ । एकपटक प्रयोगकर्ताले अनुमति दिएपछि लुकेको फोनको सेल्फी मोड प्रयोग गर्दै विभिन्न एंगलबाट अनुहार घुमाएर फेस डेटा स्क्यान गर्नुपर्ने हुन्छ । त्यसपछि गूगलका कर्मचारीले एमजन अथवा स्टारबक्सको गिफ्टकार्ड दिइरहेका छन् ।

यो डेटा संकलन गूगलको नयाँ फेस अनलक प्रविधिको लागि हुन सक्ने बताइएको छ, जसले एप्पलको फेसआइडीलाई टक्कर दिने अनुमान छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै