• २०८१ बैशाख ८ शनिबार

माडी–ठोरी हुलाकी सडक अवरुद्ध

kharibot

फाइल तस्विर । 

चितवन /  माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।

माडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको छ । बिहानैदेखि खोला बढेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

रिउखोला बढेर बस्ती पस्न सक्ने देखिएपछि त्यस क्षेत्रका जनतालाई सचेत गराइएको पनि उनले जानकारी दिए । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै