• २०८१ बैशाख १२ बुधबार

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

kharibot

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को फुटबल विश्व बरियतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल १६५औं स्थानमा थियो ।

त्यस्तै दक्षिण एशियाली मुलुकमा भारत दुई स्थान तल झर्दै १०३ स्थानमा पुगेको छ भने माल्दिभ्स १५२औं स्थानमा छ । त्यस्तै, बंगलादेशले एक स्थान सुधार गर्दै १८२औ स्थानमा छ भने भुटान १८६औं स्थानमा छ । त्यस्तै श्रीलंका २०० र पाकिस्तान २०४औं स्थानमा रहेका छन् ।

एशियामा इरान सबै भन्दा अगाडी २३औ स्थानमा रहेको छ भने जापान ३३औ, दक्षिण कोरिया ३७औ र अस्ट्रेलिया ४६औ स्थानमा रहेको छ । त्यस्तै २०२२ को विश्वकप आयोजक कतार ६२औ स्थानमा रहेको छ ।    

वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ भने कोपा अमेरिका जितेको ब्राजिल तेस्रोबाट दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै फ्रान्स तेस्रो स्थानमा झरेको छ भने चौथो स्थानमा इंग्ल्यान्ड यथावत रहेका छन् । त्यस्तै उरुग्वेले तीन स्थानको सुधार गर्दै पाँचौ स्थानमा उक्लिएको छ भने पोर्चुगल एक स्थान तल झर्दै छैठौ स्थानमा पुगेको छ ।

त्यस्तै क्रोसियापनि एक स्थान तल झर्दै सातौ स्थानमा पुगेको छ भने कोलम्बियाले पाँच स्थान सुधार गर्दै आठौ स्थानमा पुगेको छ । त्यस्तै स्पेन दुई स्थान तल झर्दै नवौ स्थानमा छ भने कोपा अमेरिकामा तेस्रो भएको अर्जेन्टिनाले एक स्थान सुधार गर्दै दशौ स्थानमा रहदै टप टेनमा परेको छ ।

त्यस्तै हालै अफ्रिकन कप जितेको अल्जेरियाले २८ स्थान सुधार गर्दै ४०औ स्थानमा पुगेको छ भने फाइनलमा हारेको सेनेगल २ स्थान सुधार गर्दै २०औ स्थानमा पुगेको छ ।

त्यस्तै जर्मनी चार स्थान तल झर्दै १५औ स्थानमा पुगेको छ भने मेक्सिको ६ स्थान सुधार गर्दै १२औ स्थानमा उक्लिएको छ ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै