• २०८१ बैशाख ७ शुक्रबार

लमजुङमा जीप दुर्घटना, चालकको मृत्यु

kharibot

लमजुङ । बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए ।

सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी मस्र्याङ्दी नदी छेउमै पुगेको जीपका धनी गुरुङको भनाइ छ ।  स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि करिब १ बजेतिर उक्त घटनास्थल तर्फ बेँसीसहरमा रहेको  जिल्ला प्रहरी कार्यालय र उक्त गाउँपालिकामा रहेको बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो स्थान पुग्नलाई करिब एक घण्टा अझै लाग्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै