चीनको सहयोगमा मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

खरीबोट

क्वालालम्पुर । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए ।

तर रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १० अर्ब डलरको उक्त परियोजना बिहीबारदेखि विधिवत रुपमा शुरु भएको हो ।

यो रेलमार्गले थाइल्यान्डसँगको सीमा नजिकको उत्तरपूर्वी मलेसियालाई पश्चिमको प्रमुख बन्दरगाह शहर मलक्कालाई जोड्नेछ । 

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले रेल निर्माणको शिलान्यास गर्दै यस परियोजनाले मलेसियाको पूर्वी क्षेत्रका ग्रामीण इलाकाको सार्वजनिक यातायातमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे । 

चीनको महत्वाकाँक्षी बेल्ट एन्ड रोड (बिआरआई) परियोजनाकै एक भागका रुपमा लिइएको यस परियोजनालाई मलेसियाको वर्तमान सरकारले रोकेको थियो । मलेसियाको पूर्ववर्ती सरकारसँग भएका यस्तै परियोजनालाई मलेसिया सरकारले कार्यान्वयनमा ल्याएको छैन । 

चिनियाँ लगानीका सबैजसो परियोजनामा पारदर्शिताको कमी रहेको आलोचकहरुको भनाई छ । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि चिनियाँ सहयोगका परियोजनाहरु स्वीकृत गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

इस्ट कोस्ट रेलसेवा पुनः निर्माण आरम्भ गर्ने बारेमा मलेसिया र चीन सरकारबीच लामो समयदेखि छलफल जारी थियो । गत अप्रिलमा लागत घटाउने र रेलसेवाको दूरीलाई पनि समायोजन गर्ने सहमति भएपछि रेल निर्माणको कार्य अघि बढेको हो । अब रेल निर्माणको कार्य सन् २०२६ सम्ममा पूरा हुनेछ ।

मलेसियाको पूर्वी तटीय क्षेत्र अन्य इलाकाभन्दा निकै गरिब छ । यो परियोजनाको निर्माण कार्य सन् २०१७ मा प्रारम्भ भएको थियो । मलेसिया सरकारको अनुरोधमा गत वर्ष जुलाईदेखि उक्त परियोजना पूर्ण रुपमा बन्द गरिएको थियो । 

मन्त्री लोकले परियोजनाको झण्डै ८५ प्रतिशत लागत चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकले लगानी गर्ने बताए । 

चीनको बिआरआई अभियानमा एसिया, अफ्रिका र युरोपका सामुद्रिक, रेल र सडक परियोजना समेटिएका छन् ।
 

सम्बन्धित समाचार

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आज मलेसिया प्रस्थान गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली

मलेसियाका पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर (मलेसिया) । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ ।  भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।  अहिलेसम्म

मलेसियामा बेपत्ता आइरिस किशोरीको शव फेला

मलेसिया । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका

मलेसिया र कतार पराजित भएपछि फाइदामा नेपाल

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज भएका खेलमा मलेसिया र कतार पराजित भएपछि अब नेपालले दुवै खेल जितेमा सिधै ग्लोबल क्वालिफायरको लागि छनौट हुने देखिएको छ


z