• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री र 'रअ' प्रमुखको भेट भएको छैन – संचारमन्त्री बास्कोटा

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै बाँस्कोटाले प्रधानमन्त्रीले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मिडियाले हल्ला फैलाएको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन। मिडियाले हल्ला फैलाएको मात्रै हो । मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ।’

उनले अगाडी भने, ‘नेपाल सुन्दर देश छ, पशुपति छ। यहाँ घुम्न मान्छेहरू आइराख्छन् प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए । रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् ।'

कसैले भेटेको भए पनि कूटनीतिक मर्यादाअनुसार नै भेट गर्नुपर्ने उनले सपष्ट पारे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै