• २०८१ बैशाख ८ शनिबार

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त

kharibot

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको थियो ।

त्यस अघि तत्कालिन अध्यक्ष दिगम्बर झाले उनको नियुक्तिमा विवाद भएपछि राजीनामा दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै