कान्दाहारमा उच्च सैनिक सतर्कता

खरीबोट
ad

कान्दाहार ।  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । 

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए । 

सो क्षेत्रमा बिहीबार साँझैदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ । उक्त सैनिक पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ । 

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । बुधबार राति रातभर भएको भिडन्तमा ४३ जना सैनिकको ज्यान जानुका साथै अरु कैयौँ घाइते पनि भएका थिए । 

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् । 

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो । 

सम्बन्धित समाचार

अफगानिस्तानसँग बंगलादेशको लज्जास्पद हार, राशिद खानको अलराउन्ड प्रदर्शन

काठमाडौँ। एशिया कपमा अफगानिस्तानले बंगलादेशमाथि शानदार जित निकालेको छ।  गएराती भएको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको अगाडी बंगलादेश निरिह देखिएको हो। अफगानिस्तानले खेल १३६ रनले जित्दा राशिद खानले उत्कृष्ट अल्राउन्द

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

अफगानिस्तान । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन

अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्य, ओपनर रियाज हसनले खेले शतकीय पारी

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा अफगानिस्तानले नेपाललाई २४५  रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानको युवा टिमले ५० ओभरमा ८