• २०८१ बैशाख ८ शनिबार

सेतीनदीले बगाउँदा एक बेपत्ता

kharibot

तनहुँ । सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् ।

यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिए पनि अहिलेसम्म फेला पर्न सकिएको छैन । उनले भने, “वर्षायाम भएकाले नदीको बहाव पनि उत्तिकै बढेकाले खोजतलासको लागि कठिनाइ भएको छ ।”   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै