• २०८१ बैशाख ८ शनिबार

टि-२० विश्वकप छनौट : कतारमाथि कुवेतको सनसनीपूर्ण जित

kharibot

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अंक तालिकामा पुछारमा रहेको कुवेतले कतारलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको हो ।

कुवेतले दिएको १९८ रनको लक्ष्य पछाएको कतार २० ओभरमा ५ विकेट गुमाउदै १८७ रनमात्र बनाएको थियो ।

कतारका लागि तमूर सज्जादले सर्वाधिक ४६ रन बनाएका थिए भने नोउमान सरवारले १३ बलमा ३४ रन बनाएका थिए । त्यस्तै इनाम उल हकले २८, फैसल जावेदले २४, मुहमद तनवीरले १६, मुहमद रिजलानले १३ रनको योगदान गरेका थिए ।

कुवेतका बलर जन्दु हामोद र शिराज खानले २-२ विकेट लिएका थिए भने मोहमद अस्लामले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो । कुवेतका लागि अदनान इन्द्रीसले सर्वाधिक ३२ बलमा ५६ रन बनाए भने कप्तान मुहमद काशिफले २० बलमा ४३ रन्को आक्रामक पारी खेलेका थिए । त्यस्तै मिट भाभ्सरले ३५, उसमान वाहीदले २८ र राभिजा सान्दरुवानले २६ रन बनाएका थिए ।

कतारका बलर नोउमान सरवार र इकवाल हुसैनले २-२ विकेट लिए भने इनाम उल हक र मुहमद नादीमले एक एक विकेट लिएका थिए ।

कुवेतको जितसँगै अंक तालिकामा केहि परिवर्तन भएको छ । कुवेतको तीन खेलमा ३ अंक भएको छ भने अब अन्तिम खेल शनिबार नेपालसँग खेल्ने छ । त्यस्तै कतारको ३ खेलमा २ अंक रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल सिंगापुर र मलेसियाबीच हुदै छ । नेपालले भोलि शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्दै छ ।      
                           
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै