मलेसिया र कतार पराजित भएपछि फाइदामा नेपाल

खरीबोट

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज भएका खेलमा मलेसिया र कतार पराजित भएपछि अब नेपालले दुवै खेल जितेमा सिधै ग्लोबल क्वालिफायरको लागि छनौट हुने देखिएको छ ।

आज भएको पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

नेपाललाई पहिलो खेलमा पराजित गरेको कतार ३ खेलमा २ खेलमा पराजित भएको छ भने मलेसिया पनि आजको खेलमा पराजित भएसँगै दुई खेलमा पराजित भएको छ । त्यस्तै सिंगापुरले प्रतियोगितामा दोस्रो जित हासिल गरेर ५ अंकसहित शिर्ष स्थानमा रहेको छ तर कुवेतसँगको उसको खेल बर्षाले हुन नसक्दा अंक बाड्न बाध्य भएपछि त्यसको फाइदा नेपाललाई हुनसक्ने देखिएको हो । नेपालले अब रनरेटको चिन्ता नगरी नतिजा आफ्नो पक्षमा पार्ने मात्र प्रयास गरे पुग्ने देखिएको छ । 

आजसम्मको खेलको नतिजा हेर्दा अब कतार, कुवेत र मलेसिया छनौट हुने सम्भावना सकिएको छ । किनकी सिंगापुर ५ अंकका साथ शिर्ष स्थानमा रहेकाले उनीहरुले अन्तिम खेल जितेपनि सिंगापुरलाई उछिन्न सक्ने अवस्था रहेको छैन । त्यसैले अब छनौटको लडाई नेपाल र सिंगापुरबीच रहेको छ ।

अंक तालिका :

अब यस स्थितिमा नेपालले आफ्ना बाँकी दुवै खेल जितेमा नेपाल सिधै छनौट हुने छ भने नेपाल पराजित भएको अवस्थामा सिंगापुर छनौट हुने सम्भावना देखिन्छ ।        
 

सम्बन्धित समाचार

एसीसी २०२० क्यालेन्डर : छनौट जिते नेपाललाई भारत-पाकिस्तानसँग खेल्ने मौका

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने

'युरो टी-२० स्लाम' स्थगित : फ़्रेन्चाइजीले पैसा नतिरेको आरोप !

काठमाडौँ । युरोपमा हुन लागेको 'द युरो टी-२० स्लाम लिग अर्को बर्षका लागि सरेको छ । यहि अगस्ट ३० देखि सेप्टेम्बर २२ सम्म आयोजना हुने भनिएको सो टी-२० लिग आयोजकको लापरवाहीका

ब्याटिंगमा धेरै किर्तिमान बनाउने सचिनका बलिङमा छन् यस्ता रेकर्ड

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो ब्याटिंगबाट विश्व क्रिकेटका कैयौ रेकर्ड बनाएका छन् । उनले धेरै रन, धेरै शतकसहित कैयौ यस्ता रेकर्ड छन् जसको चर्चा गरेर पनि साध्य छैन

दक्षिण अफ्रीकाद्वारा भारतविरुद्धको सिरिजका लागि टिमको घोषणा

काठमाडौँ । भारतविरुद्ध अक्टोबरमा हुने टेस्ट तथा टी-२० सिरिजका लागि दक्षिण अफ्रीकाले आफ्नो टिमको घोषणा गरेको छ । टेस्ट टिमको कप्तान फाफ डु प्लेसीलाई नै बनाइएको छ भने टी-२० को कप्तान


z