• २०८१ बैशाख ६ बिहीबार

मलेसिया र कतार पराजित भएपछि फाइदामा नेपाल

kharibot

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज भएका खेलमा मलेसिया र कतार पराजित भएपछि अब नेपालले दुवै खेल जितेमा सिधै ग्लोबल क्वालिफायरको लागि छनौट हुने देखिएको छ ।

आज भएको पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

नेपाललाई पहिलो खेलमा पराजित गरेको कतार ३ खेलमा २ खेलमा पराजित भएको छ भने मलेसिया पनि आजको खेलमा पराजित भएसँगै दुई खेलमा पराजित भएको छ । त्यस्तै सिंगापुरले प्रतियोगितामा दोस्रो जित हासिल गरेर ५ अंकसहित शिर्ष स्थानमा रहेको छ तर कुवेतसँगको उसको खेल बर्षाले हुन नसक्दा अंक बाड्न बाध्य भएपछि त्यसको फाइदा नेपाललाई हुनसक्ने देखिएको हो । नेपालले अब रनरेटको चिन्ता नगरी नतिजा आफ्नो पक्षमा पार्ने मात्र प्रयास गरे पुग्ने देखिएको छ । 

आजसम्मको खेलको नतिजा हेर्दा अब कतार, कुवेत र मलेसिया छनौट हुने सम्भावना सकिएको छ । किनकी सिंगापुर ५ अंकका साथ शिर्ष स्थानमा रहेकाले उनीहरुले अन्तिम खेल जितेपनि सिंगापुरलाई उछिन्न सक्ने अवस्था रहेको छैन । त्यसैले अब छनौटको लडाई नेपाल र सिंगापुरबीच रहेको छ ।

अंक तालिका :

अब यस स्थितिमा नेपालले आफ्ना बाँकी दुवै खेल जितेमा नेपाल सिधै छनौट हुने छ भने नेपाल पराजित भएको अवस्थामा सिंगापुर छनौट हुने सम्भावना देखिन्छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै